खरिपाटी तालिम केन्द्रलाई पनि क्वारेन्टाइन बनाइने

 ग्लोबल टिभि      बिहिबार, बैशाख २३, २०७८      0

नेपाल विद्युत प्राधिकरणले भक्तपुरस्थित आफ्नो खरिपाटी तालिम केन्द्रलाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । कोरोना महामारी तीव्ररूपमा फैलिरहेको र कतिपय बिरामी बेड नपाएर अलपत्र परेको हुँदा सरकारलाई सहयोग गर्न तालिम केन्द्रलाई क्वारेन्टाइन बनाउने निर्णय भएको छ ।

तालिम केन्द्रलाई क्वारेन्टाइन बनाउनेबारे प्राधिकरणले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जानकारी पनि गराइसकेको छ । अहिले तालिम केन्द्रमा ६६ कोठा र १३३ बेड छन् । अन्य सुविधा पनि भएकोले क्वारेन्टाइन बनाउन उपयुक्त हुने ठानेको प्राधिकरणले जनाएको छ । २०७६ चैतमा चीनको बुहानबाट आएको एउटा जहाजका नेपालीहरूलाई १४ दिन सोही तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *