ग्लोबल टिभि
0
काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीका सात, कपिलवस्तुका तीन तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जनाले ज्यान गुमाएका हुन् । १२ मध्ये ११ पुरुष र एक महिला हुन् ।
उनीहरूमध्ये चार जनाको सोमबार राति १२ बजेसम्म, पाँचजनाको गएराति १२ बजेयता, दुईजनाको २६ गते र एकजनाको २४ गते दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
Post Views: 1,338
Leave a Reply