फाइजरको खोप १२–१५ वर्षकालाई लगाउन अनुमति

 ग्लोबल टिभि      मङ्लबार, बैशाख २८, २०७८      0

अमेरिकी खोप निर्माता फाइजरले बायोएन्टेकसँग मिलेर विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ ।

अमेरिकी नियामक निकायले १२–१५ उमेर समूहका बालबालिकाहरूमा यो खोप आपतकालीन प्रयोगको अनुमति दिएको हो । यो उमेर समूहका २ हजार २६० बालबालिकामा गरिएको क्लिनिकल परीक्षणमा यो खाप प्रभावकारी देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यो उमेर समूहका बालबालिकालाई प्रयोगको अनुमति पाउने यो पहिलो खोप हो । आगामी बिहीबारदेखि अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिन शरु हुने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *