काठमाण्डौं उपत्यका थपिए १२ सय ६१ जना संक्रमित
ग्लोबल टिभि
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८१ पीसीआर परीक्षण गर्दा २५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १६ सय ६६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २सय ४३ रहेको छ । यसैगरि २४ घण्टामा थप २४ जनाको निधन भएको छ । यो संगै निधन हुनेको संख्या ११ सय ७४ पुगेको छ ।
काठमाण्डौंममा ९ सय ९६,भक्तपुरमा ८१ र ललितपुरमा २ सय४ जना गरि १२ सय ६जना उपत्यकामा संक्रमित थपिएका छन् ।
Post Views: 1,305
Leave a Reply