ग्लोबल टिभि
0
काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्एल्यूएचओ) ले कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग आवश्यक पर्ने बताएको छ ।
शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र इजिप्टलगायतमा पनि समस्या उत्पन्न भएको बताएका हुन् ।
कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको भन्दै उनले पहिलोभन्दा दोस्रो लहर झन् घातक रहेको बताए ।
Post Views: 1,129
Leave a Reply