कोरोना संक्रमणबाट सप्तकोसी नगरपालिकाकी उपमेयरको मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, जेष्ठ ४, २०७८      0

कोरोना संक्रमणका कारण सप्तरीस्थित सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल अस्पतालमा आज बिहान ४ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि १० दिन अघि ४० वर्षीया चौधरीलाई अस्पताल भर्ना गरिएको थियो । सुरुमा स्थानीय अस्पतालमा नै राखेर उपचार गरिएको उनको स्वास्थ्य जटिल बन्दै गएपछि नोबेल लगिएको थियो । सोमबारयता मात्रै सप्तरीमा कोरोना संक्रमणबाट आठ जनाको ज्यान गइसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *