ग्लोबल टिभि
मङ्लबार, जेष्ठ ४, २०७८
0
काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन धनी देशहरूसँग आग्रह गरेको छ ।
जेनेभामा आयोजित एक कार्यक्रममा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधनोम धेब्रेयेसुसले केही धनी मुलुकले बच्चा र वयस्कका लागि सञ्चालन गर्न लागेको खोप अभियानमा पुनर्विचार गर्न र खोप को-भ्याक्सलाई दिन आग्रह गरेका हुन् ।
विश्व स्वास्थ्य संगठनमा अहिलेसम्म निम्न आय भएका मुलुकमा कुल उत्पादन भएको खोपमध्ये ०.३ प्रतिशत मात्र पुगेको जनाएको छ । केही सीमित मुलुकहरूले अधिकांश खोप राखिरहेको जनाइएको छ ।
को-भ्याक्समार्फत निम्न आय भएका मुलुकलाई खोप वितरण गरिन्छ । अहिले ठूला मुलुकले को-भ्याक्सलाई खोप प्रदान नगर्दा साना र गरिब मुलुकमा कोरोनाको संख्या बढेको छ । को-भ्याक्सले अहिलेसम्म ६ करोड खोप मात्रै वितरण गरेको छ ।
Post Views: 1,586
Leave a Reply