ग्लोवल टि.भी.
मङ्लबार, जेष्ठ ४, २०७८
0
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाका थप दुई नयाँ भेरिएन्ट पत्ता लागेको जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ दुवै भेरिएन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको देखिएको हो ।
कोभिड–१९ को दोस्रो लहर चलेपछि स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को समन्वयमा ३५ वटा नमूना विदेश पठाएको थियो ।
नेपालबाट पठाएका नमूनाको भारतको ‘सीएसआईआर इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी’मा सिक्वेन्सिङ गरिएको थियो । यस क्रममा ३४ जनामा ‘बी.१.६१७.२’ भेरिएन्ट र एक जनामा ‘बी.१.६१७.१’ भेरिएन्ट देखिएको छ ।
यी दुवै भारतमा देखिएका भेरिएन्ट भएको देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देखिएको नयाँ भेरिएन्ट धेरै संक्रामक रहेको पाइएको छ ।
Post Views: 935
Leave a Reply