समाजसेवी आचार्यद्वारा मिडिया हेल्प फाउण्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

 ग्लोबल टिभि      बुधबार, जेष्ठ ५, २०७८      0

कोरोना कहरका बीच नियमित समाचार संप्रेषणमा खटिएका पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ । फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको हो ।

फाउण्डेसनलाई युवा उद्यमी एवं समाजसेवी मनोज आचार्यले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । बुधबार आचार्यले १ हजार थान एन ९५ मास्क र २० लिटर स्यानिटाइजर फाउण्डेसनका संयोजक नकुल अर्याललाई हस्तारण गरेका हुन् ।

कोरोनाको कहरका बावजुद जनतालाई सही सूचना संप्रेषण गर्न खटिएका पत्रकारहरुलाई प्रोत्साहन गर्न आफूले सहयोग गरेको आचार्यले बताए । ‘फिल्डमा खटिने पत्रकारलाई मास्क र स्यानिटाइजरजस्ता अत्यावश्यक सामाग्री अभाव नहोस् र जनताले कोरोनाबारे सन्तुलित समाचार पाउन’, सामाग्री हस्तान्तरण गर्दै आचार्यले भने । आचार्यको अगुवाईमा सर्लाहीको ईश्वरपुरमा आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ भने फुड ब्यांक र स्वास्थ्य सामाग्री वितरण अभियान जारी छ ।

मिडिया हेल्प फाउडेसनका संयोजक अर्यालले पहिलो चरणमा समाचार संकलनमा खटिने २ सय ५० पत्रकारलाई मास्क, स्यानिटाइजर, फेस शिल्ड र ग्लोभ्स वितरण गर्ने जनाए । यसैबीच, अमेरिकामा बस्दै आएका युवा अभियन्ता नवराज सुवेदीले मिडिया हेल्प फाउण्डेसनलाई १५ हजार रुपैयाँ सहयोग गरेका छन् । पत्रकारहरुलाई अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद र वितरणका लागि सुवेदीले सो रकम उपलब्ध गराएका हुन् । सुवेदी एनआरएन अमेरिकाको महासचिव पदको प्रत्याशी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *