छ हजार ५ सय ४३ जनाले जिते कोरोना, ८ हजार ३ सय ५ नयाँ संक्रमित थपिए

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ६, २०७८      0

कोरोनाका कारण थप १ सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ५ नयाँ संक्रमित थपिएका छन् ।

कुल २१ हजार ६ सय ९५ जनाको पिसीआर परीक्षण गर्दा ८ हजार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यस्तै, ३ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ जनाले कोरोनालाई जितेका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । अहिलेसम्म ३ लाख ६६ हजार ९ सय ४६ जनाले कोरोनालाई जितेका छन् । अहिले १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *