कोरोना संक्रमितको तुलनामा निको हुने बढे, थप १ सय २९ जनाको मृत्यु

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ८, २०७८      0

कोरोनाका कारण थप १ सय २९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जनाले कोरोनालाई जितेका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यस्तै, ३ लाख ८३ हजार ६ सय ८४ जनाले कोरोनालाई जितेका छन् । अहिले १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन् । अहिले ८ सय ६६ जना क्वारेन्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *