१९३ जनाको मृत्यु, सात हजार ९१४ संक्रमित थपिए

 ७ हजार ६६४ संक्रमणमुक्त

 ग्लोबल टिभि      आइतवार, जेष्ठ ९, २०७८      0

काठमाडौँ : नेपालमा कोरोना संक्रमणले थप १९३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७ हजार ९१४ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौँका २ हजार ८२१ जना हुन् ।

१८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ९८ संक्रमित भेटिएका हुन् । यस्तै ९ सय ३१ जनाको एन्टिजेन परीक्षणमा तीन सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

देशभरका आइसोलेसनमा एक लाख १२ हजार ५४७ जना रहेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *