१८५ जनाको मृत्यु, सात हजार ४२५ संक्रमित थपिए

सात हजार १३५ संक्रमणमुक्त

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १०, २०७८      0

काठमाडौँ नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा कोरोनाबाट भएका मृत्युको संख्या छ हजार ५३१ पुगेको छ ।

यस्तै सात हजार ४२५ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा सात हजार २२० र ६०७ एन्टिजेन परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । एक हजार ६९७ जना आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा सात हजार १३५ जना संक्रमणमुक्त भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *