सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन, सबै नागरिकलाई खोप सुनिश्चत गर्नू

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ११, २०७८      0

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न कोभिड १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन दिएका छन् ।

मंगलवार सीसीएमसीको बैठकमा प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चित हुने गरी काम गर्न निर्देशन दिएका हुन् । उनले कोरोना संक्रमण नियन्त्रणसम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताको समाधान गरेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले पहिलो आवश्यक ऐन नियम नभएका कारण समस्या भए पनि सबै समस्या सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको तर्क गरे । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको पहिलो बैठक बसेको हो ।।
०००

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *