थपिए १९ सय १३ संक्रमित, थप १५ जनाको निधन

काठमाण्डौं उपत्यका थपिए१९ सय १३ संक्रमित

 ग्लोबल टिभि      बिहिबार, कार्तिक २७, २०७७      0

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१३ जनालाई कोरोना पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार ३४२ पुगेको छ । यसैगरी २३४९ संक्रमित कोरोनामुक्त भएका छन् । कोरोना निको हुनेसँख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यस्तै २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ । हाल सक्रिय संख्या संक्रमितको ३८ हजार ४६१ संक्रमित छन् भने ९७४ जना क्वारेन्टिनमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *