आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

१४५ जनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, जेष्ठ १२, २०७८      0

काठमाडौँ : नेपालमा कोरोना संक्रमणले थप १४५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ संक्रमित थपिएका छन् । १९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ३ सय २२ जनाको एन्टिजेन परीक्षणमा ३६ संक्रमित पाइएका हुन् ।

यसमध्ये काठमाडौँका एक हजार ३९, ललितपुरका २ सय ४१ र भक्तपुरका १ सय १३ जना रहेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारीका अनुसार २४ घण्टामा ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर एक लाख १७ हजार ७७ जान आइसोलेसनमा रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *