कोरोना संक्रमणबाट थप ११६ जनाको मृत्यु, ४ हजार ४८७ जना संक्रमित थपिए

 ग्लोबल टिभि      शनिबार, जेष्ठ १५, २०७८      0

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ सय १६ जनाको मृत्यु भएको छ । यससंगै अहिलेसम्म कोरोनाट मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको छ । आज ४ हजार ४ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोनामुक्त भएका छन् । यसंगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ । अहिले १ लाख ११ हजार ७ सय ९ सक्रिय संक्रमित रहेको र ८ सय ९१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *