ग्लोबल टिभि
0
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शैय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप–महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवतरुपमा उद्घाटन गरेका हुन् ।
नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा दिन थालेको थियो ।
‘फिल्ड हस्पीटल’ नाम दिइएको उक्त अस्पतालमा नेपाली सेना, सेवानिवृत्त सैनिक र उनीहरुका परिवारका सदस्यलाई उपचार दिइने सुदूरपश्चिम पृतनाले जनाएको छ । अस्पतालमा कोरोना संक्रमितको समेत उपचार भइरहेको छ ।
Post Views: 1,326
Leave a Reply