ज्येष्ठ नागरिक तथा अशक्तको लागि घरघरमा स्वास्थ्य सेवा

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ३, २०८१      0

जेठ ३ – गोरखा जिल्लाको ११ स्थानीय तहमध्ये गण्डकी गाउँपालिकाले गाउँ सभाबाट बजेट विनियोजन गरी पालिका भित्रका सबै वडाहरूमा ज्येष्ठ नागरिक तथा अशक्तहरूको लागि घर घरमा डाक्टर पठाएर सेवा प्रदान गर्दै आएको छ ।

अशक्त र ज्येष्ठ नागरिकहरूलाई पनि स्थानीय सरकार छ भन्ने अनुभूति गर्ने गरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरी रकम छुट्टाएको छ । जसले गर्दा स्थानीय सरकार पनि ज्येष्ठ तथा अशक्त नागरिकको लागि सारथि बन्न पुगेको हो ।

अहिले गाउँपालिका भित्रका सबै वडाको घर घरमा पुगेर अशक्त, असहाय र ज्येष्ठ नागरिकहरूलाई सहज पहुँच पुग्ने गरी घरघरमा डाक्टर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार सुनारले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *