थप ५ हजार ३१६ जनामा संक्रमण पुष्टि, ७ हजार २१९ कोरोनामुक्त

पछिल्लो २४ घण्टामा १ सय १ जनाले कोरोनाबाट ज्यान गुमाए

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १९, २०७८      0

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ सय १ जनाले ज्यान गुमाएका छन् । पिसीआर विधिबाट गरिएको १३ हजार ८ सय ५ नमुनामा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै, ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौ उपत्यकामा १४ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । भक्तपूरमा १८१ जना, ललितपूरमा ३ सय ६ तथा काठमाडौमा ९ सय ६९ नयाँ संक्रमित थपिएका हुन् । अहिले १ लाख १ हजार ९ सय ९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *