फिक्कलमा १५ शय्याको अस्पताल निर्माण

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ १७, २०८१      0
जेठ १७ –  सिन्धुली जिल्लाको फिक्कल गाँउपालिका–३ चनौटेमा १५ शय्याको अस्पताल निर्माण भएको छ । सङ्घीय सरकारको १० करोड रुपियाँ सहयोगमा २०७७ साल असारदेखि निर्माण सुरु गरिएको उक्त अस्पताल भर्खरै निर्माण सम्पन्न भएको गाँउपालिकाले जनाएको छ ।
 उक्त गाउँपालिकाको छ वटै वडामा स्वास्थ्य चौकीमात्रै रहेकोले १५ शय्याको अस्पताल निर्माण सुरु गरिएको हो ।

उक्त भवन निर्माण कम्पनिले हस्तान्तरण गर्न बाँकी रहेको र अब चाँडै नै चिकित्सक, प्रयोगशालासहित अन्य आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिए ।

जिल्लाका स्थानीय तहले नागरिकलाई स्थानीय स्तरमा नै आधारभूत स्वास्थ्य सेवा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गर्न थालेको हुन् । जिल्लाका नौ वटा पालिकामध्ये मरिण गाउँपालिका, गोलन्जोर गाँउपालिका, हरिहरपुरगढी गाँउपालिकामा १५ शय्याको आधारभुत अस्पताल धमाधम निर्माण भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *