थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

पाँच हजार ९०४ जना संक्रमणमुक्त

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ २०, २०७८      0

आज ६ हजार ८ सय २५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट ७५ जनाको मृत्यु भएको जानकारी दिएको छ । यस्तै, ५ हजार ९ सय ४ जनाले कोरोनालाई जितेका छन् । यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ । अहिले १ लाख १ हजार ८ सय ३९ जना सक्रिय संक्रमित छन् । कुल ८ सय ३१ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *