अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेमा दण्ड र सजायको व्यवस्था हुने भएको छ । पछिल्लो समय अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमणका घटनाहरु बढ्न थालेपछि सरकारले कडा कानुनको प्रबन्ध गर्न लागेको हो । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हुलदंगा हुन थालेपछि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन गर्नअध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।कार्यस्थलमा हुने आक्रमणका घटनालाई नियन्त्रण गर्ने सरकारी योजना छ। अस्पताल क्षेत्रमा स्वास्थ्यकर्मीलाई निर्वादरुपले सेवा प्रवाह गर्ने वातावरण बनाउन सरकार जुटेको हो । अध्यादेशमा अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको प्रबन्ध गरिएको छ ।कार्यस्थलमा हुलहुज्जत गरी, नारा, जुलुस, धर्ना आदि गरी उपचारमा अवरोध पु¥याएमा, स्वास्थ्यकर्मीलाई गालीगलौज, दुव्र्यवहार, अभद्र व्यवहार गरेमा १ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको प्रबन्ध छ ।
Leave a Reply