ग्लोबल टिभि
0
Covid vaccine (Photo/iStock)
काठमाडौं महानगरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाइने भएको छ। ६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेसोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको छ।
जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्नेछ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ। खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ।
पहिलो खोप लगाएकालाई अहिले दोस्रो खोप लगाइने छैन। कोरोना संक्रमण भएका व्यक्तिले एक महिना पूरा भएपछि मात्रै खोप लगाउन पाउनेछन्।
Post Views: 1,122
Leave a Reply