१०८ जनाको मृत्यु
ग्लोबल टिभि
मङ्लबार, जेष्ठ २५, २०७८
0
काठमाडौँ : नेपालमा कोरोना संक्रमणले थप १०८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या आठ हजार ८९८ पुगेको छ ।
मंगलवार पाँच हजार १५३ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ८७० जना संक्रमित पाइएका हुन् । यस्तै पाँच हजार ६११ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २८३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको विवरणअनुसार थप ६ हजार ५७० जना निको भएका छन् ।
Post Views: 896
Leave a Reply