ग्लोबल टिभि
बुधबार, मंसिर ३, २०७७
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १४४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २१२९१७ पुगेको छ ।
त्यसैगरी बुधबार निको भई थप ३५३८ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १८२७८०पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५९ पुगेको छ ।
Post Views: 775
Leave a Reply