थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ५ हजार ७६८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, जेष्ठ २६, २०७८      0

थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टमा कोरोनाका कारण ८१ जनाको मृत्यु भएको छ ।

आज १२ हजार ७४ जनाको पिसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टी भएको हो ।

यस्तै, ४ हजार ५ सय ६८ जनाको एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ८ सय ९५ जना गरी कुल ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टी भएको हो । आज काठमाडौ उपत्यकामा मात्रै ९ सय १५ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन् । अहिले ८० हजार ३ सय ३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *