आजको मौसम : धेरै स्थानहरुमा मेघगर्जन वर्षाको सम्भावना

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ ३०, २०७८      0

हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भाग सम्म मनसुनी वायुको प्रभाव रहेको छ । बाकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भईरहेको छ ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *