ग्लोबल टिभि
0
काठमाडौं महानगरपालिकाले खोप अभावमा स्थगित गरेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६२–६४ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भए बमोजिम खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप लगाइने जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि ६२,६३ र ६४ वर्ष उमेरकालाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो ।
स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जानकारी दिए ।
Post Views: 1,231
Leave a Reply