पाँच कम्पनीलाई स्यानिटाइजरमा विषाक्त रसायन भेटियो भन्दै प्रतिबन्ध

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ५, २०७७      0

काठमाडौ‌ं । औषधि व्यवस्था विभागले पाँच कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले स्यानिटाइजरमा स्वास्थ्यमा हानी पुर्‍याउने मेथानोल भेटिएकाले बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धि स्तर २०७६’ विपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।

उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । त्यस्तै, बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान पनि निर्देशन दिइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *