थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार २० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु

 ग्लोबल टिभि      शुक्रबार, असार ४, २०७८      0

थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल ७ हजार ५ सय ६९ जनाको पिसीआर विधिबाट परीक्षण गरिएकोमा १९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, ५ हजार ४ सय ६८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ सय ५ जना गरी कुल २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टी भएको छ । आज ४ हजार २० जनाले कोरोनालाई जितेका छन् । अहिले ५९ हजार ६ सय २४ जना सक्रिय संक्रमित र ४ सय ८९ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *