क्षयरोगबाट स्याङ्जामा ७ जनाको मृत्यु

 ग्लोबल टिभि           0

चैत १२ – स्याङ्जामा चालू आर्थिक वर्षको ८ महिनामा क्षयरोगबाट संक्रमित ७ जना बिरामीको मृत्यु भएको छ।

आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा ७ जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा १ सय ९७ जना क्षयरोगको बिरामी छन्। सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४४ जना र सबैभन्दा कम हरिनास गाउँपालिकामा भेटिएका छन्।

नगरपालिका अन्तर्गतका चापाकोटमा ३७, भीरकोटमा ३१, गल्याङमा २८, पुतलीबजारमा १६ जना छन्। यसैगरी, गाउँपालिकातर्फ बिरुवामा १६, अर्जुनचौपारीमा १०, कालीगण्डकीमा ७, फेदीखोलामा ४, आँधीखोलामा ३ जना क्षयरोगका बिरामी उपचारत छन्। मृत्यु हुनेमा पुतलीबजारका ४, वालिङ, गल्याङ र आँधीखोलाका एकरएक जना रहेको कार्यालयले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *