थप २२९७ जनामा कोरोना पुष्टि , ४६ को मृत्यु

 ग्लोबल टिभि      सोमवार, असार ७, २०७८      0

नेपालमा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०४ जनाको पीसीआर परिक्षण गर्दा १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

त्यसैगरि थप ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ । हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् ।

यसै गरि ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो सहित नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *