२ हजार ६३६ जनामा कोरोना पुष्टि, ४ हजार ४८९ संक्रमणमुक्त

२० जनाको मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, असार १५, २०७८      0

काठमाडौँ  : नेपालमा थप २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७२८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै ४ हजार ४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २ हजार ६३६ संक्रमित पाइएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ४८९ जना रहेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *