ग्लोबल टिभि
बिहिबार, असार १७, २०७८
0
नेपालमा दुई हजार सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार एक सय ३० जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ८ सय ५७ संक्रमित पाइएका हुन् । यस्तै तीन हजार ८ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या चार हजार १७ रहेको छ । यस्तै संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार तीन सय ६८ जना रहेको छ । यसै गरि ३३ जनाको मृत्यु भएको छ ।
Post Views: 683
Leave a Reply