थप २,३२८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

 ग्लोबल टिभि      शनिबार, असार १९, २०७८      0

पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।

शनिबार पुष्टि भएका संक्रमितको संख्यासमेत जोड्दा नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ । जसमध्ये ३७ हजार ५५६ जना एन्टिेजन विधिबाट संक्रमित पुष्टि भएका हुन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६ पुगेको छ । कोरोना संक्रमणमबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ जना संक्रमित भेटिएका छन् ।त्यस्तै सुनसरीमा १५१, मोरङमा १३५, कास्कीमा १४६, चितवनमा ८२, रुपन्देहीमा ५५, मकवानपुरमा ४४, झापामा ३५, नवलपरासी पूर्वमा ३९ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *