ग्लोबल टिभि
0
पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५२७ र ४ हाजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २ हाजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना होम आइसोलेसनमा छन् ।
Post Views: 1,051
Leave a Reply