२४ घण्टामा २५सय ५२ जना संक्रमणमुक्त, १६०३ जना नयाँ संक्रमित थपिए

 ग्लोवल टि.भी.      आइतवार, असार २०, २०७८      0

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जम्मा ८ हजार १३२ जनाको परीक्षण गरिएको छ ।

पीसीआर परीक्षणमा १ हजार ४२ र एन्टिजेन परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । परीक्षण घटाउँदा संक्रमितको संख्या पनि घटेको देखिएको छ ।

यसअवधिमा २ हजार ५५२ जना संक्रमितले कोरोना संक्रमणबाट मुक्त भएका छन् । विभिन्न अस्पताल एवं होम आइसोलेसनमा रहेका उनीहरु निको भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ ।
२४ घण्टाको बीचमा २७ जनाको मृत्यु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *