ग्लोबल टिभि
0
आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ ।
गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुईरदुई स्थानमा खोप केन्द्र तोकेको हो ।
दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म दिइने कार्यालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन कार्यालयले अनुरोध गरेको छ ।
Post Views: 1,100
Leave a Reply