ग्लोबल टिभि
0
सुर्खेतमा कोभिडविरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २४ गतेदेखि दिइने भएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइनेछ ।
असार २४ गते ९७ जना नेपाली सेना, ४७९ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि प्रदेश प्रहरी कार्यालय तथा नेपाली सेनाका लागि उत्तरपश्चिम पृतनामा खोप दिइने छ ।
यस्तै असार २५ गते सुर्खेत कारागारका ७७ जना कैदीबन्दी, २६ गतेदेखि सबै स्थानीय तह र प्रदेश अस्पतालमा २६ गतेदेखि २८ गतेसम्म खोप लगाइने छ ।
जिल्लामा ६ हजार १५३ जनालाई दोस्रो डोज दिइने छ । खोप कार्ड लिएर पहिलो डोज लगाएको केन्द्रमा गई सेवा लिन सकिनेछ ।
Post Views: 1,256
Leave a Reply