थप २१ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

 ग्लोबल टिभि           0

नेपालमाा थप २१ सय ६९ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१७ जनाको परीक्षण २१ सय बढीमा संक्रमण पुष्टि भएको हो।

६ हजार ५३० पीसीआर गर्दा १३ सय ५३ र ३८ सय ८७ को एन्टिजेन परीक्षण ८१६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ।

त्यसैगरी २४ घण्टामा १४ सय ३२ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ।

सँगै २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *