एकैदिन विश्वभर १२ हजारको कोरोना संक्रमणबाट मृत्यु

 ग्लोबल टिभि           0

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ हजारको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ लाख २६ हजार ७८३ पुगेको छ । युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४६९ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ७ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ६ करोड ७ लाख १६ हजार ६३० पुगेको छ । संक्रमितमध्ये ४ करोड २० लाख २८ हजार ८१६ जना संक्रमण मुक्त भएका छन् ।

कुल संक्रमितमध्ये एक करोड ७२ लाख ६१ हजार बढी उपचाररत छन् भने १ लाख ३ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, अमेरिकामा संक्रमितको संख्या १ करोड ३१ लाख ३७ हजार ९६२ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६८ हजार २१९ पुगेको छ भने अहिलेसम्म ७८ लाख ५ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ९२ लाख ६६ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ३५ हजार २ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८६ लाख ७७ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६१ लाख ६६ हजार नाघेको छ भने १ लाख ७० हजार ७९९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५५ लाख १२ हजार भन्दा बढी निको भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *