महिनादिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन जारी

 ग्लोबल टिभि           0

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनायता प्रतिष्ठान शुद्धीकरणको आन्दोलन जारी छ ।कोरोना महामारीका बेला सुरु भएको यो आन्दोलनका पक्षमा मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्। तर, समस्या समाधानका लागि सरकारले तत्परता देखाएको छैन ।

बारम्बार आन्दोलन हुँदै आएको बीपीमा पछिल्लो पटक गत माघ २३ मा प्राध्यापक र पदाधिकारीबीच प्रतिष्ठानभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो । तर,सहमति कार्यान्वयन नगरिँदा फेरि आन्दोलन ब्युँतिएको हो । शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले कुलपति तथा प्रधानमन्त्री, सहकुलपति तथा स्वास्थ्यमन्त्रीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग प्रतिष्ठानकाको लागि आग्रह गरेपनि सुनुवाइ नभएको बताए ।

प्रतिष्ठानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले गत जेठ २६ गते अख्तियार प्रमुख प्रेमकुमार राईलाई एसएमएस गरेर अनियमितता रोक्न गुहारेका थिए । उनले प्रतिष्ठानभित्र बढ्दो भ्रष्टाचार, विकृति र विसंगति सुधारको साटो पदाधिकारीले मनोमानी गरेको विषय उठाएका थिए ।

सर्वसाधारणलाई स्वास्थ्य सेवा दिने, चिकित्सा शिक्षाका जनशक्ति उत्पादन गर्ने र स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने स्थापनाकालीन उद्देश्यबाट प्रतिष्ठान चुक्दै गएकाले आन्दोलन गर्न बाध्य भएको संयुक्त संघर्ष समितिले बताएको छ। ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *