देउवा सरकारसंग डा.केसीको ५ बुँदे माग

 ग्लोवल टि.भी.      सोमवार, साउन ४, २०७८      0

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकारसंग ५ बुँदे माग राखेका छन् ।नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या तथा तिनका समाधानका लागि गर्नुपर्ने भन्दै केसीले ५ बुँदा सार्वजनिक गरेका छन् ।

डा.केसीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धमक्याउने र नाजायज फाइदा लिन खोज्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै उनले इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्नुपर्ने, चिकित्सा शिक्षा ऐनको प्रावधान सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने माग पनि अघि सरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *