ग्लोबल टिभि
0
काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर ,महानगरपालिका वडा नम्बर १७ का ७७ वर्षीय पुरुषको शुक्रबार बिहान ५ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मंसिर ३ गते कोरोना पुष्टि भई ज्वारो र श्वासप्रश्वासमो समस्या भई पाँच गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी मकवानपुरको हेटौंडाकी ५७ वर्षीया महिलाको पनि उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
बिहीबार कोभिड संक्रमणसहित ज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएकी उनको शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
Post Views: 1,392
Leave a Reply