थपिए दुई हजार ८३८ कोरोना संक्रमित, ३० जनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, साउन ६, २०७८      0

काठमाडौँ : नेपालमा थप दुई हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षण गदाए एक हजार ९१८ संक्रमित पाइएका हुन् । यस्तै तीन हजार ९०१ एन्टिजेन परीक्षणमा ९३१ मा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा ६९७ नयाँ संक्रमित भेटिएका छन् । काठमाडौँमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ संक्रमित पाइएका हुन् ।

यो अवधिमा संक्रमणमुक्त हुनेको संख्या एक हजार ४७५ रहेको छ । ३० जनाको मृत्यु भएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *