३ हजार ४२१ जना संक्रमित थपिए, २५ जनाको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, साउन ११, २०७८      0

नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
एन्टिजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *