ग्लोबल टिभि
सोमवार, मंसिर १५, २०७७
0
अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा एकैपटक आज आधारभूत अस्पतालको शिलान्यास गरिदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले आज अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा एकै पटक अस्पतालको शिलान्यास गरिने भएको हो । ‘ त्योमध्ये १५ वटा स्थानीय तहले जग्गाको व्यवस्थापन गर्न बाँकी रहेकाले त्यो काम सम्पन्न भएपछि केही दिनमा तिनीहरुको काम सुरु हुनेछ’ डा.अधिकारीले भन्नुभयो । स्थानीय तहको माग र आवश्यकताको आधारमा सरकारले ५, १० र १५ शैयाको अस्पताल निर्माण गरिने बताइएको छ ।
नेपालमै उपचारात्मक सेवामा सबैभन्दा ठूलो लगानीको सुरुवात आजबाट भएको भन्दै सरकारी निर्णयको नागरिकस्तरबाटै स्वागत गरिएको छ ।
Post Views: 1,013
Leave a Reply