औषधि पसलहरुले उपभोक्ता ठग्ने क्रम रोकिएन, धरानमा अनुगमन, केहि पसल शिल

 ग्लोबल टिभि      आइतवार, कार्तिक २, २०७७      0

धरान । औषधि पसलहरुले बारम्बार उपभोक्ता ठगिएको गुनासो आउने क्रम अझै रोकिएको छैन । सरकारी निकायले बेला बेलामा अनुगमन गर्ने गरेपनि त्यो प्रभावकारी नभएको गुनासो पनि रोकिएको छैन । यसै क्रममा सुनसरीको
धरानमा औषधि पसलहरूबाट बिरामी ठगिएको गुनासो बढ्दै गएपछि औषधि व्यवस्था विभागले अनुगमन थालेको छ । अनुगमनका लागि विभागको टोली पुगेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडिका औषधि पसलका सञ्चालकको भागाभाग भएको थियो ।
केही दिनअघि यस क्षेत्रको बिर्तामोड मेडिकल हलले एक उपभोक्तालाई ठगेको समाचार सार्वजनिक भएपछि औषधि व्यवस्था विभाग विराटनगरको चासो बढेको थियो। अनुगमनको टोली आउने सूचना पाएपछि ओषधि पसल एकाएक बन्द भएका थिए ।
पसल बन्द गरेर सञ्चालक फरार भएका मेडिकलको सूची तयार गरेर विभागले लगेको छ, जसमा संस्कृति फार्मेसी, जमुना फार्मेसी, जनसेवक मेडिको, पूर्णिमा मेडिकल हल, हार्दिक फार्मेसी, बबिता मेडिकल, सहारा मेडिकल, मारुती मेडिकल, सुविधा फार्मेसी र गार्जिन फर्मा रहेका छन्।

यस्तै, माही मेडिकल हल, सुप्रिया फार्मेसी, सेलिजा फार्मेसी, सुनकोशी फार्मेसी, सागर औषधि पसल, दीक्षा मेडिकल र प्रियंका मेडिकल हल छन्।विभागका प्रमुख सञ्जीव कट्टेलले धरानको बीपी गेट बाहिरका मेडिकलहरूबारे उपभोक्ता ठगेको गुनासो आएपछि अनुगमन गरिएको बताए । अनुगमनमा आएको थाहा पाएपछि पसल बन्द गरेका मेडिकलहरूलाई इलाका प्रहरी कार्यालय मार्फत विभागमा उपस्थित गराउन पत्राचार गरिने उनले बताए। अनुगमन गरिएका पसलहरूमध्ये ६ ओटा सिल गरिएको पनि विभागले जानकारी दिएको छ। विभागका अनुसार प्रनित फार्मेसी, पञ्चमुखी फार्मेमी, नमस्कार फार्मेसी, फ्रेन्ड्स फार्मेसी र जनता फार्मेसी सिल गरिएको छ।
कट्टेलका अनुसार सिल गरिएका मेडिकलहरूमा अधिकांश लाइसेन्स प्राप्त भएका सम्बन्धित व्यक्ति बसेका थिएनन्। मेडिकल पसलमा फार्मेसी पढेर लाइसेन्स प्राप्त गरेका व्यक्ति बसेर मात्र औषधि बेच्न पाउँछन्। सिल गरिएका पसलहरूलाई ५ दिनभित्र उपस्थित गराइने र बयान लिइने छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *