थपिए १४ सय ९० संक्रमित,१५ सय ६७ संक्रमणमुक्त

 ग्लोवल टि.भी.      बुधबार, मंसिर १७, २०७७      0

काठमाडौं । नेपालमा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगालामा गरिएको परीक्षणमा थप १४ सय ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।

त्यस्तै बुधवार थप १५ सय ६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ पुगेको छ ।
नेपालमा २ लाख १८ हजार १ सय ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *